पर्सामा साइकलहरुमा लाईट इन्डिकेटर लगाउने अभियान सुरु | ईमाउण्टेन समाचार

Our Network

असोज २६ २०८१, शनिबार

पर्सामा साइकलहरुमा लाईट इन्डिकेटर लगाउने अभियान सुरु

पर्सा, १५ माघ । दुर्घटना न्युनगर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले साइकलहरुमा लाईट इन्डिकेटर लगाउने अभियान थालेको छ ।

चिसोको बेला तराईमा अधिकांस समय कुहिरो लाग्ने कारण बढ्न सक्ने सम्भावित दुर्घटनालाई न्युनीकरण गर्न पर्सा प्रहरीले साइकलहरुमा लाइट इन्डिकेटर लगाउने अभियान थालेको हो ।

चिसोका कारण तराईमा यतिबेला अधिकाँस समय कुहिरो लाग्ने गरेको छ । कुहिरोका कारण सवारी दुर्घटना बढ्न थालेपछि जिल्ला ट्राफिक प्रहरीले पर्सामा साईकलहरुमा लाइट इन्डिकेटर लगाउने अभियान थालेको छ ।

कुहिरोका कारण दिउँसाको साथसाथै रातको समयमा समेत सवारी दुर्घटना बढेपछि ट्राफिक प्रहरीले यस्तो अभियान थालेको हो । जिल्ला ट्राफिक प्रहरीले साइकलहरुमा निशुल्क लाईट इन्डिकेटर लगाईदिँदा स्थानीय पनि दंग परेका छन् ।

लाईट इन्डिकेटरको मदतले २० प्रतिशतसम्म सवारी दुर्घटना न्युनीकरण हुने अपेक्षा गरिएको छ ।

साईकलहरुमा लाइट इन्टिकेटर राख्नुका साथै जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगञ्जको विभिन्न चोकहरुमा स्थानीय भाषामा होर्डिङ बोर्ड तथा ट्राफिक सांकेतिक चिन्हहरु समेत राखेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);