झापा, १५ माघ । मोरङको सुन्दरहरैचा नगरपालिकामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुने सुन्दरहरैचा ९ का ३५ बर्षीय ईलिहास मंसुरी छन् ।
बुधवार दिउँसो बेलबारीमा रहेको चिनारी स्कुलमा ग्रिलको गेट बनाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएका मंसुरीलाई उपचारको लागी बिराट नर्सिङहोम बिराटनगर लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको प्रदेश १ प्रहरीले जनाएको छ ।