क्यामरुनमा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर र बस एक आपसमा ठोक्किदा ५३ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

क्यामरुनमा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर र बस एक आपसमा ठोक्किदा ५३ जनाको मृत्यु

एजेन्सी, १५ माघ । अफ्रिकन देश क्यामरुनमा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर र बस आपसमा ठोक्किदा ५३ जनाको ज्यान गएको छ भने अन्य २९ जना घाइते भएका छन् ।

देशको मध्य पश्चिमी क्षेत्रमा पर्ने क्लिफ अफ डिस्चाङ भन्ने ठाउँमा ट्याङ्करको ठक्करबाट बसमा आगलागी हुँदा जलेर उनीहरुको ज्यान गएको हो । दुर्घटनामा परी मृत्यु भएकाहरूको शव जलेको अवस्थामा रहेको रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

मृतकको पहिचान हुन सकेको छैन । स्थानीय समयअनुसार बुधबार दिउँसो ३ बजेर ३० मिनेट जादाँ दुर्घटना भएको अधिकारीहरूले जनाएका छन् । दुर्घटनामा परेको बसमा ७० सिट रहेको थियो ।

सरकारी अधिकारीहरूले घटनाका बारेमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् । प्रारम्भिक विवरणअनुसार पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्कका चालकले नियन्त्रण गुमाएकाले दुर्घटना भएको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);