काठमाडौं, १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अबका तीन महिनाभित्र सबै नेपालीले कोरोनाविरूद्ध खोप लगाउन पाउने बताउनुभएको छ ।
ब
ुधबार बालुवाटारमा आयोजित कोभिड–१९ विरुद्धको खोप अभियानको भर्चुअल शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
‘तीन महिनाभित्र सबै नेपालीलाई खोप लगाइसकिन्छ, कुनै भेदभावविना नै सबै नेपालीलाई निस्शुल्क रूपमा खोप लगाइन्छ’, प्रधानमन्त्रीले बताउनुभएको छ ।
सरकारले आज १२ हजारलाई १२० खोप केन्द्रबाट कोरोना खोप लगाउने तयारी गरेको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मीलगायतलाई खोप लगाइने सरकारले जनाएको छ ।