बाजुरा, १३ माघ । सुदूर तथा मध्य पश्चिमका हलिया परिवारको नाममा रहेको पुस्तौ पुस्तादेखिको ऋण मिनाहा सहित नेपाल सरकारले हलिया मुक्तिको घोषणा गरे पनि बाजुराका मुक्त हलियाहरुको अबस्था भने झन दयनिय बन्दै गएको छ । सरकारले २०६५ भदौ २० गते हलिया मुक्त घोषणा गरेपनि मुक्त हलियाहरुलाई पुर्नस्थापना गर्न नसक्दा मुक्त हलियाहरुको दैनिकी निकै चुनौतीपूर्ण बनेको हो ।