नवलपरासी, १२ माघ । सरकारले गत पुष १३ गते २१ दिन भित्र चिनी उद्योगीले सम्पुर्ण भुक्तानी दिने सम्झौता उखु किसानसँग गरेको थियो । उद्योगीले सो अवधी भित्र उखुको भुक्तानी नगरे उनीह?को सम्पत्ति जफत गरेर भएपनि किसानलाई भुक्तानी उपलब्ध गराउने भनि सम्झौतामा उल्लेख छ ।
सम्झौता अनुरुप माघ ५ गते सम्ममा किसानले उखुको सम्पुर्ण भुक्तानी पाइसक्नु पर्ने हो । तर माघ ११ बितिसक्दा समेत पश्चिम नवलपरासीका उखु किसानह? भने अझै ७ करोड बढि ?पैयाँ भुक्तानी पाउनबाट अझै बन्चित रहेका छन् । यो भुक्तानी बाकी दावी रकम उद्योगीले नै दावी गरेको रकम मध्येको हो । कृषकले दावी गरे अनुसार त अझै झन्डै १२ करोड रुपैयाँ उद्योगले भुक्तानी दिन बाकी छ ।
उखु उत्पादक किसान संघ नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादवका अनुसार ३ वर्ष अघिदेखीको इन्दिरा सुगर मिलबाट किसानले दावी गरेको रकम झण्डै ८ करोड ?पैयाँ भएपनि उद्योगले भने जम्मा ४ करोड ७० लाख रुपैयाँ मात्र भुक्तानी बाकी रहेको दावी गरेको छ भने लुम्बिनी चिनि उद्योगबाट पनि किसानले १० करोड रुपैयाँ भुक्तानी बाकि रहेको दावी गरेपनि उद्योगले भने जम्मा ८ करोड ६२ लाख ?पैयाँमात्र भुक्तानी बाकि रहेको दाबी गरिरहेको छ ।
पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकका अनुसार प्रतापपुरमा रहेको इन्दिरा सुगर मिलले सोमबारसम्म आफ्नो खातामा डेढ करोड रुपैयाँ जम्मा गरेको मध्ये जम्मा ३० लाख रुपैयाँ मात्र कृषकको खातामा पठाएको छ भने अर्को सुनवलमा रहेको लुम्बिनी चिनी उद्योगले पनि ५ करोड रुपैयाँ किसानको खातामा पठाइसकेको जानकारी दिनुभयो । भुक्तानी गर्न बाकी रकम पनि छिट्टै कृषकलाई उपलब्ध गराउन पहल भैरहेको प्रजिअ पाठकले बताउनुभयो ।
“नेपाल सरकारले तोकेको प्रतिक्वीन्टल ४ सय ७१ ?पैयाँको दर भएपनि उद्योगले भने प्रतिक्वीन्टल ३ सय ८५ का दरले किसानलाई रकम उपलब्ध गराउन खोजेको कारण किसानको र उद्योगीको भुक्तानी दावी रकममा फरक देखिएको हो” उहाँले भन्नुभयो “जसरी भएपनि नेपाल सरकारले तोकेको दर अनुसार नै कृषकलाई छिट्टै रकम उपलब्ध गराउछौ ।”
इन्दिरा सुगर मिलले सोमबारसम्ममा अरु थप ६० लाख रुपैयाँ कृषकको खातामा पठाएको बताएपनि प्रजिअ पाठकले भने सो बारे आफुलाई जानकारी नआएको बताउनुभयो ।
तर लुम्बिनीले किसानहरूलाई सरकारले तोकेको मुल्य अनुरूप भुक्तानी भने गरेको छैन । प्रतिक्वीन्टल ४ सय ७१ रुपैयाँका दरले उखुको भुक्तानी दिनु पर्नेमा प्रतिक्वीन्टल ३ सय ८५ का दरले किसानको खातामा पैसा हालिदिएको उखु किसानहरुको भनाइ छ ।
यता कृषकले भने यसपालि पनि सरकारले तोके बमोजिमको दरमा समयमै भुक्तानी बाकी रकम बुझाउन उद्योगले आलटाल गरेमा पुन आफुहरु आन्दोलित बन्ने चेतावनी दिएका छन् ।