काठमाडौं, १० माघ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले दोस्रो जित हात पारेको छ । सुदूरपश्चिम प्रदेशले दिएको जम्मा ६३ रनको लक्ष्य लुम्बिनीले १४ दशमलब ५ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको हो ।
मुलापानी मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेश २७.४ ओभरमा ६२ रन बनाउँदै अल आउट भएको थियो । जवाफी ब्याटिङ गरेको लुम्बिनीले १४ दशलमब ५ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।
सुदूरपश्चिम प्रदेशसलाई ६ विकेटले पराजित गरेको लुम्बिनी तालिकाको तेस्रो स्थानमा रहेको छ । समूह ए मा रहेको लुम्बिनीले तालिकामा चार अंक बनाएको हो ।
यो समूहमा शीर्ष स्थानमा रहेको बागमतीको ६ अंक छ भने चार अंक भएको पुलिसभन्दा नेट रनरेटका आधारमा अगाडी रहँदै लुम्बिनी दोस्रो स्थानमा छ ।