काठमाडौँ, ८ माघ । नेपाललाई भारतले दिएको दश लाख डोज कोरोना विरुद्धको खोप नेपाल आइपुगेको छ ।खोप लिएर एयर इन्डियाको विमान केहिबेर अघि काठमाडौं आइपुगेको हो ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले ट्वीट गर्दै नेपालका लागि १० लाख डोज खोप लिएर भारतबाट आज बिहान उडेको जनाउनु भएको छ । भारतले आजै बंगलमदेशलाई पनि खोेप पठाएको छ ।
बुधवार स्वास्थ्य मन्त्रालय र भारतीय राजदूतावासको संयुक्त प्रेस सम्मेलनमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले १० लाख डोज भ्याक्सिन भारतले अनुदान दिन लागेको जानकारी दिनुभएको थियो ।
नेपालमा पहिलो चरणमा कोरोना विरुद्धको खोप अग्रपंक्तिमा काम गरिरहेका स्वास्थ्यकर्मी र सुरक्षकर्मीलाई प्रदान गरिनेछ । ’भ्याक्सिन मैत्री’ अभियान अन्तर्गत भारतले आजबाट नेपाल सहित दक्षिण एसियाली राष्ट्रलाई कोरोना खोप उपलब्ध गराउन सुरु गरेको हो ।