प्रधानमन्त्रीले बैगुनी केटो भनेपछि योगेशले जवाफ फर्काए | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

प्रधानमन्त्रीले बैगुनी केटो भनेपछि योगेशले जवाफ फर्काए

काठमाडौं, ४ माघ । आफुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बैगुनी केटो भनेर व्यङ्ग्य गरेपछि नेकपा प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले जवाफ फर्काएका छन्। पूर्व पर्यटनमन्त्री समेत रहेका उनले आफूलाई केटो भनिँदा दुःख नलागेको बरु प्रधानमन्त्री ओलीको स्तर थाहा पाउँदा खुशी लागेको प्रतिक्रिया दिएका छन्।

शनिबार नेकपा ओली समूहको प्रदेश १ स्तरीय कार्यकर्ता भेलालाई काठमाडौँमा सम्बोधन गर्दै ओलीले भट्टराईलाई ‘बैगुनी केटो१ पुक्क लात्ताले हानेर भाग्यो’ भन्दै व्यङ्ग्य गरेका थिए। तर उनले योगेश भट्टराईको नाम लिएका थिएनन्। ओलीले २०७४ सालको निर्वाचनमा ताप्लेजुङमा आयाजित योगेश भट्टराईको चुनावी सभामा सम्बोधन गर्नै उनलाई जनताले जिताएर पठाए आफूले मन्त्री बनाउने प्रतिवद्धता जनाएका थिए।

तर जनताले जिताएर पठाए पनि सुरुवाति मन्त्रिपरिषदमा भट्टराई अटाएका थिएनन्। तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि भने उनको ठाउँमा ओलीले भट्टराईलाई मन्त्री बनाएका थिए। तर गत पुष ५ गते प्रधानमन्त्रीले संसद भंगको कदम चालेपछि भट्टराईले राजीनामा दिएका थिए। उनी अहिले विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहमा छन्।

शनिबारको कार्यकर्ता भेलामा ओलीले भनेका थिए, ‘दौडादौड गरेर, यो केटालाई जिताएर पठाउनुस् मन्त्री बनाउँछु भनेर, मन्त्री पनि बनाएँ। एक दिन पुक्क लात्ताले हानेर भाग्यो। को रहेछ भनेर यसो हेरेको त उही केटो पो रहेछ१’ यसको जवाफ नेता भट्टराईले पनि प्रधानमन्त्रीको नाम नलिएरै दिएका छन्।

उनले ट्विटरमा लेखेका छन्, ‘केटा र केटीहरुको रगत, पसिना र मेहनतको जगमा खडा भएको व्यवस्थामै यहाँले कुर्सीप्राप्त गर्नुभएको हो। केटो भनिपाउँदा मलाई दुःख छैन। तपाईंको स्तर थाहा पाएँ, खुशी लाग्यो।’ तत्कालीन एमालेमा पनि भट्टराई नेता माधवकुमार नेपाल समूहमा थिए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);