बिल्बाओ स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

माघ २८ २०८२, बुधवार

बिल्बाओ स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश

एजेन्सी, २ माघ । स्पेनिस सुपर कप फुटबलको दोस्रो सेमिफाइनल खेलमा एथ्लेटिक बिल्बाओ फाइनलमा प्रवेश गरेको छ । आज बिहान सम्पन्न खेलमा रियल मड्रिडलाई २–१ गोल अन्तरले पराजित गर्दै बिल्बाओ फाइनल प्रवेश गरेको हो । बिल्बाओको जितमा रउल गर्सियाले दोहोरो गोल गरे ।

उनले खेलको १८ औं र ३८ औं मिनेटमा गोल गरेका थिए । दोस्रो गोल उनले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गरेका थिए । उता रियलका लागि दोस्रो हाफमा करिम बेञ्जेमाले सान्त्वना गोल फर्काए । उनले खेलको ७३ औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै बिल्बाओले फाइनलमा स्थान सुरक्षित गरेको छ । आइतबार हुने फाइनलमा बार्सिलोना र बिल्बाओ भिड्ने छन् । बार्सिलोनाले बुधबारको खेलमा रियल सोसिडाडमाथि पेनाल्टीबाट संघर्षपूर्ण जित निकाल्दै फाइनल प्रवेश गरेको थियो ।

Leave a Reply