फेरी अलपत्र पर्दै पुननिर्माण प्राधिकरण, सिइओ पोखरेलको चुनाव लड्ने तयारी | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८२, बिहीबार

काठमाडौँ, १९ असोज । भूकम्पपछिको पुननिर्माणका लागि गठन गरिएको राष्ट्रिय पुननिर्माण प्राधिकरण राजनीतिक चलखेलको थलो बन्दा पीडित थप मारमा पर्ने देखिएको छ। २८ महिनासम्म टहरामा जिवन गुजार्न बाध्य पीडितमाथि फेरि अर्को राजनीतिक चलखेल सुरु भएको छ।

नेपाली कांग्रेसले प्राधिकरणका वर्तमान प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्दराज पोखरेललाई प्युठानबाट प्रतिनिधिसभा चुनावको लागि उम्मेदवारमा सर्वसम्मत सिफारिस गरे पछि प्राधिकरण फेरी नेतृत्वविहीन हुने भएको छ।

राजनीतिक चलखेलकै कारण अहिलेसम्म प्राधिकरणको नेतृत्व तीनपटक परिवर्तन भइसकेको आजको नागरिक दैनिकमा खबर छ।