काठमाडौं, १८ असोज । नेकपा एमाले अर्घाखाँचीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि उम्मेदवारको सिफारिस गरेको छ ।
प्रदेशसभा निर्वाचनका लागि क्षेत्र नम्बर १ बाट जिल्ला अध्यक्ष चेतनारायण आचार्यको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको छ ।
क्षेत्र न. २ बाट रामजी घिमिरे र कुल्दीप भुसालको नाम सिफारिस भएको एमाले जिल्ला कमिटी अध्यक्ष चेतनारायण आचार्यले बताए । प्रतिनिधिसभा निर्वाचनका लागि ७ जना उम्मेदवारको नाम सिफारिस गरेको आचार्यले बताए ।
सिफारिसमा पर्ने उम्मेदवारको नामावली:
१. डा. दुमन थापा
२. गोपाल खनाल
३. डिल्लीराज खनाल
४. भोजबहादुर शाह
५. मुक्तिराम पाण्डे
६. सालिकराम आचार्य
७. विष्णु पन्थी