स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको सहज जित | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको सहज जित

एजेन्सी, २६ पुष । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित दर्ता गरेको छ । लिग अन्तर्गत अज बिहान सम्पन्न खेलमा बार्सिलोनाले १० खेलाडीमा सीमित भएको ग्रानाडालाई ४–० ले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा लियोनल मेस्सी र एन्टोनी ग्रिजम्यानको दुई–दुई गोल गरे । पहिलो हाफमा तीन गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल गरेको हो । उसका लागि ग्रिजम्यानले १२ र ६३ औँ तथा मेस्सीले ३५ र ४२ औँ मिनेटमा गोल गरे ।

७८ औँ मिनेटमा भालेजो सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि ग्रानाडा १० खेलाडीमा सीमित भयो । जितपछि तेस्रो स्थानमा उक्लिएको बार्सिलोनाको १८ खेलबाट ३४ अंक भएको छ भने १७ खेलबाट २४ अंकसहित ग्रानाडा सातौँ स्थानमा छ ।

त्यस्तै शनिबार राति नै भएको अर्को खेलमा सेभिल्लाले रियल सोसिडाडलाई ३–२ ले पराजित गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);