प्रधानमन्त्री कप क्रिकेटको लागि प्रदेश १ काे टिम घाेषणा | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

प्रधानमन्त्री कप क्रिकेटको लागि प्रदेश १ काे टिम घाेषणा

काठमाडौं, २५ पुष । पुरुष प्रधानमन्त्री कपका लागि प्रदेश १ ले टिमको घाेषणा गरेको छ । माघ २ गतेबाट हुन लागेको पुरुष प्रधानमन्त्री कप क्रिकेटको लागि प्रदेश–१ ले २२ सदस्यीय टिम घाेषणा गरेको हो ।

प्रदेश–१ ले छनौट गरेको खेलाडीमा सिदान्त लोहनी, फिर्दोस अंसारी, दीपक पासवान, राजन मगर, सुवनकार उराउ, मिनास थापा, दिपेश कँडेल, श्रवन यादव, मनोज तामाङ र प्रवेश कमाती रहेका छन् । त्यसगरी आशिष श्रेष्ठ, ज्ञानेन्द्र श्रेष्ठ, नितय कडोरिया, सुजन थपलिया, जोसक खड्का, राकेश सोनी, सोनु मण्डल, सरोज बस्नेत, गौरव कटवाल, विवेक मेहेता, प्रजोल खत्री र हेमन राई पनि प्रदेश १ को टोलीमा पर्न सफल भएका छन् ।

पुरुष प्रधानमन्त्री कप त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा सुरु हुँदैछ । प्रतियोगितामा ३ विभागिय टोली सहित ७ प्रदेशको सहभागिता रहनेछ । प्रतियोगितामा सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरिएको छ । माघ २ गते हुने उद्घाटन खेलमा आर्मी र गण्डकी प्रदेश टियु मैदानमा भिड्दै छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);