आगामी निर्वाचनका लागि १ सय ६५ मुख्य निर्वाचन अधिकृत नियुक्त | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८२, बुधवार

आगामी निर्वाचनका लागि १ सय ६५ मुख्य निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ, १८ असोज । निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि १ सय ६५ मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

आयोगले हरेक निर्वाचन क्षेत्रमा एक–एक जना रहने गरी मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको हो । जिल्ला न्यायाधीश तथा नेपाल न्याय सेवाका राजपत्र द्वितीय श्रेणीका अधिकृतलाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्त गरिएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार जगेडा अधिकृतको रुपमा अरु नौ अधिकृतलाई पनि नियुक्त गरिएको छ । बुधबार नियुक्ती पाएका अधिकृतलाई अभिमुखिकरण तालिम दिएपछि कात्तिक १ गतेअघि नै १ सय ६५ निर्वाचन क्षेत्रमा कार्यालय स्थापना गर्ने आयोगको तयारी छ ।

आयोगका अनुसार संघ र प्रदेश सभाको चुनावमा १ करोड ५४ लाख २७ हजार ७ सय ३१ मतदाता रहनेछन् । त्यसको लागि १ करोड ७० लाखको हाराहारीमा मतपत्र छाप्ने आयोगले जनाएको छ ।