काठमाडौं, २४ पुष । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आज कैलालीको धनगढी जाँदै हुनुहुन्छ । नेकपा सुदूरपश्चिम प्रदेशले धनगढीमा राखेको सभालाई सम्बोधन गर्न ओली त्यसतर्फ जान लाग्नुभएको हो ।
नेकपाले आज धनगढीमा जनसभा गर्दैछ । पार्टीको विवाद झन चर्किएर नेकपा विभाजनको डिलमा पुगेको अवस्थामा ओली काठमाडौ बाहिर जान लाग्नु भएको हो । नेकपाको सुदूरपश्चिम प्रदेश कमिटिले बुधबार कमिटि विस्तार गर्दै आज सभा गर्ने निर्णय गरेको थियो ।
सो बैठकले ३० लाख हिनाममिना गरेको भन्दै नेकपा नेता भीम रावलालाई कारवाहीको सिफरिस पनि गरेको थियो । अहिलेको मन्त्रिपरिषदमा सबैभन्दा धेरै मन्त्री रहेको सुदूरपश्चिम प्रदेशमा हुने कार्यक्रममा ओलीको सहभागितालाई महत्वका साथ हेरिएको छ।
पार्टी बिभाजनको डिलमा पुगेको अवस्थामा आफ्नो संगठन बलियो बनाउन ओलीले देश दौडाहको सुरुवात गर्न लाग्नु भएको बताइएको छ ।