प्रचण्ड–माधव पक्षको नेकपाले प्रम ओलीलाई शुक्रबार संविधान पठाउँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रचण्ड–माधव पक्षको नेकपाले प्रम ओलीलाई शुक्रबार संविधान पठाउँदै

काठमाडौं, २४ पुष । नेकपाको (प्रचण्ड–माधव) पक्षले शुक्रबार देशैभरका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र बुझाउने भएको छ।

संसद भंग गर्ने प्रधानमन्त्रीको निर्णयको विरोध गर्दै पुर्व घोषित कार्यक्रमअनुसार सवै जिल्लामार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउन लागिएको हो । विरोधपत्रका साथमा प्रधानमन्त्रीलाई संविधानको पुस्तकसमेत दिने र राष्ट्रका नाममा क्षमायाचनासहित गलत कदम सच्चाउन अनुरोध गरिनेछ ।

यसैबीच काठमाडौका प्रमुख जिल्लाअधिकारीलाई विरोधपत्र बुझाउनुअघि बबरमहलमा नेकपाका नेता कार्यकर्ता भेला भएर जुलुससहित काठमाडौँ जिल्ला प्रशासन कार्यलय जाने भएका छन् । नेकपा काठमाडौंका नेता हिमाल शर्माका अनुसार १२ बजे बबरमहलमा जम्मा भएर जुुलुस सहित जिल्ला प्रशासन कार्यलय जाने कार्यक्रम रहेको छ।

नेकपाको सो पक्षले प्रतिनिधिसभा बिघटनविरुद्ध कानूनी तथा अन्य संघर्षका कार्यक्रम संचालन गर्दै आएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);