काठमाडौ, २१ पुस । दाहाल नेपाल पक्षको नेकपाले अदालत र निर्वाचन आयोगमा सेटिङको प्रचार गरेर अर्को पक्ष सफल नहुने चेतावनी दिएको छ।सो पार्टीले भावी आन्दोलनका बिषयमा जानकारी दिन मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघर्ष समितिका संयोजक नारायाणकाजी श्रेष्ठले यस्तो चेतावनी दिनुभएको हो ।
‘ अदालत र निर्वाचन आयोगमा सेटिङ मिलाएको भन्ने प्रचार गरेका भरमा नेकपाको चुनाव चिन्ह र पार्टीको आधिकारिक्ता प्राप्त हुँदैन‘ श्रेष्ठले भन्नुभयो।प्रधानमन्त्री केपी शर्मा ओली प्रतिगमनको बाटोमा गएको र आफुहरु त्यसविरुद्ध संघर्षमा उत्रिएको उहाँले बताउनुभयो।
श्रेष्ठले प्रतिगमन नसच्चिएसम्म आफुहरुको संघर्ष जारी रहने बताउनुभयो। श्रेष्ठले आफुहरुको पार्टीनै आधिकारिक हुने र सूर्य चुृनाव चिन्ह पनि पाउने दावी गर्नुभयो।पार्टीका प्रवक्ता एवं संघर्ष समितिका सह संयोजक योगेश भट्टराईले नेपालको संविधान २०७२ सबै राजनीतिक शक्तिबीचको सहमतिको दस्तावेज भएको र संसद बिघटन गरेर प्रधानमन्त्री ओलीले त्यसलाई उल्लंघन गरेको बताउनुभयो।




