एमिकस क्युरी के हो ? यसको सुझाव बाध्यकारी हुन्छ ? (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८१, बुधवार

एमिकस क्युरी के हो ? यसको सुझाव बाध्यकारी हुन्छ ? (भिडियोसहित)

प्रतिनिधि सभा विघटनबारे संवैधानिक इजलासमा पुस २२ देखि सुनुवाइ

काठमाडौं, २० पुष । प्रतिनिधि सभा विघटनले प्रतिगमन भयो कि प्रतिगमन सच्चियो ? अहिले राजनीतिमा यो मुद्दाले बहसको स्थान पाइरहेको छ । यही मुद्दा लिएर नेकपा र नेकपा इतरका राजनीतिक दल तथा तिनका नेताहरु पक्ष विपक्षमा बहस गरिरहेका छन् । एकले अर्काेलाई आरोप प्रत्यारोप गरिरहेका छन् ।

नेकपाका अध्यक्ष प्रचण्ड सहितका नेताहरु बाह्य शक्तिसँग मिलेर प्रतिगमन गर्ने तयारी गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर प्रतिगमन सच्याएको दावी विघटनका पक्षधरहरुले गर्दै आएका छन् । प्रचण्ड पक्षधर नेकपा र विपक्षी दल कांग्रेसले त विरोधका थप कार्यक्रम समेत घोषणा गरेका छन् ।

अब यसलाई कानुनको अक्षरले र संविधानको धाराले मात्र नहेरी मुलुकको अवस्थालाई हेरेर निकासको बाटो खोज्नु पर्ने तर्क कानुनविदुहरुले गर्दै आएका छन् । पुस २२ गतेदेखि यो विषयमा संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।

इजलासलाई सहयोग गर्न पाँच सदस्यी एमिकस क्यूरी गठन गरिएको छ । एमिकस क्यूरी के हो ? यसको भूमिका के हुन्छ ? वरिष्ठ अधिवक्ता नैनविनोद न्यौपानेसँग गरिएको अन्तर्वार्ताको पूरा भिडियो तल हेर्न सकिनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);