पहिलो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि अधिकृत तोकिए | ईमाउण्टेन समाचार

Our Network

पुष ६ २०८१, शनिबार

काठमाडौं, १८ असोज । निर्वाचन आयोगले आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा जगेडा अधिकृतहरु नियुक्त गरेको छ।

आयोगले आज असोज १९ गतेदेखि कार्यन्वयन हुने गरी सूचना जारी गर्दै नियुक्ति सहित कार्यक्षेत्र तोकेको जानकारी गराएको छ । पहिलो चरणमा हुने प्रदेश तथा प्रतिनिधिसभाको लागि १६५ जना अधिकृत नियुक्त गरिएको निर्वाचन आयोगले जनाएको छ । ९ जना जगेडा अधिकृतको रुपमा नियुक्त भएका छन्।

नियुक्त निर्वाचन अधिकृतहरुलाई आयोगले असोज २४ र २५ गते प्रशिक्षण तोकेको छ। २४ गते बिहान नौ बजेदेखि २५ गते साझसम्म काभ्रेको होटल अरनिकोमा प्रशिक्षण सञ्चालन हुने आयोगले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);