देशमा स्थिरता र स्थायित्व कायम गर्न संसद विघटन अपरिहार्य थियो : गृहमन्त्री थापा | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

देशमा स्थिरता र स्थायित्व कायम गर्न संसद विघटन अपरिहार्य थियो : गृहमन्त्री थापा

काठमाडौं, १७ पुष । गृहमन्त्री रामबहादुर थापाले देशमा स्थिरता र स्थायित्व कायम गर्न सरकारले संसद विघटन गरेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता समेत रहनु भएका गृहमन्त्री थापाले शुक्रबार नेकपा निकट ललितपुर जिल्ला कमिटीको आयोजनामा ललितपुर महानगरीय वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै देशमा स्थायित्व ल्याउन सरकारले संसद विघटन गरेको बताउनु भएको हो ।

सरकारले संसद विघटन गरेर माध्यावधि निर्वाचनमा जाने निर्णय गरेसँगै यो कदम संवैधानिक हो वा असंवैधानिक हो भन्ने विषयमा निकै ठूलो बहस भइराखेको तर सरकारले अग्रगामी कदम चालेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘ठूलो कदम सरकारले लियो मध्यावधि निर्वाचनमा जाने । संसदलाई विघटन गर्ने, यो संवैधानिक हो की असंवैधानिक हो, यो प्रतिगमनकारी कदम हो की अग्रगामी कदम हो भन्ने ठूलो बहस छ । हाम्रो नजरमा यो कदम अग्रगामी कदम हो । यो ठूलो राजनीतिक कदम हो । देशलाई फेरी स्थायित्व ल्याउनको निम्ति र फेरी कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नको निम्ति यो अपरिहार्य थियो ।’

संसद विघटन भएसँगै पार्टी भित्रको एउटा पक्ष संसद पुनरस्थापनाको माग गर्दै पार्टीबाट अलग भएको समेत बताउनुभयो । तर पहिलाको संसदले स्थायित्व ल्याउन सक्छ या नयाँ संसदले मात्रै स्थायित्व ल्याउन सक्छ भन्ने कुरामा पार्टीलाई एक ढिक्का गरेर जवाफ दिनु पर्ने पनि नेता थापाले बताउनुभयो । उहाँले देशमा स्थिरता नचाहने पक्षले संसद पुनरस्थापनाको माग गर्दै आन्दोलन गरिरहेको पनि बताउनुभयो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);