कोहलीलाई पछि पार्दै विलियम्सन टेष्ट वरियताको शीर्ष स्थानमा | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

कोहलीलाई पछि पार्दै विलियम्सन टेष्ट वरियताको शीर्ष स्थानमा

एजेन्सी,१६ पुष। आइसीसीले जारी गरेको पछिल्लो बरियतामा टेष्ट तर्फ भारतका विराट कोहलीलाई पछि पार्दै विलियम्सन टेष्ट वरियताको पहिलो नम्बरमा उक्लिएका हुन् । पछिल्लो वरियतामा ८ सय ९० रेटिङ अंकसंगै विलियम्सनले कोहलीलाइ पछि पारेका हुन।

८ सय ७९ रेटिङ अंकसंगै कोहली दोस्रो र ८ सय ७७ रेटिङअंकबाट अष्ट्रेलियाका स्टेभन स्मिथसंग तेस्रो स्थानमा छन् । टेष्टको बलिङ वरियतामा अष्ट्रेलीयाका प्याट कमिन्स पहिलो , इंग्ल्याण्डका स्टुवार्ट ब्रोड दोस्रो र न्युजिल्याण्डका नाथन वाग्नर तेस्रो स्थानमा रहेका छन् ।

यसैगरी एक दिवसीय क्रिकेटको विश्व वरियतामा व्याटिङतर्फ भारतका विराट कोहली पहिलो , भारतकै रोहित शर्मा दोस्रो र पाकिस्तानका बाबर आजम तेस्रो स्थानमा छन् । एकदिवसीय क्रिकेटको बलिङमा न्युजिल्याण्डका ट्रेन्ट बोल्ट पहिलो, अफगानीस्तानका मुजीबउर रहमान दोस्रो र भारतको जसप्रित बुमराह तेस्रो स्थानमा छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);