काठमाडौं १५ पुष। नेकपाको प्रचण्ड–नेपाल पक्षले संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ ।दाहाल–नेपाल पक्षका बागमती प्रदेश सांसदको बैठकले डोरमणि पौडेललाई हटाएर शाक्यलाई चयन गरेको हो ।
शाक्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरी उक्त समूहले अविश्वास प्रस्ताव पनि प्रदेश सभामा दर्ता गरिसकेको छ ।दाहाल–नेपाल पक्षमा हाल ४५ सांसद छन् भने मुख्यमन्त्री पौडेलको पक्षमा ३५ सांसद छन् ।
११० सदस्यीय बागमती प्रदेशमा सरकार बनाउन ५६ सांसद चाहिन्छ । सोहीकारण सरकार गठनका लागि दाहाल–नेपाल पक्षले कांग्रेसले छलफल सुरु गरिसकेको बताइएको छ ।