बागमती प्रदेशको नेकपा विवाद चर्किदैं, संसदीय दलको नेतामा शाक्य चयन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८२, सोमबार

बागमती प्रदेशको नेकपा विवाद चर्किदैं, संसदीय दलको नेतामा शाक्य चयन

काठमाडौं १५ पुष। नेकपाको प्रचण्ड–नेपाल पक्षले संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ ।दाहाल–नेपाल पक्षका बागमती प्रदेश सांसदको बैठकले डोरमणि पौडेललाई हटाएर शाक्यलाई चयन गरेको हो ।

शाक्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरी उक्त समूहले अविश्वास प्रस्ताव पनि प्रदेश सभामा दर्ता गरिसकेको छ ।दाहाल–नेपाल पक्षमा हाल ४५ सांसद छन् भने मुख्यमन्त्री पौडेलको पक्षमा ३५ सांसद छन् ।

११० सदस्यीय बागमती प्रदेशमा सरकार बनाउन ५६ सांसद चाहिन्छ । सोहीकारण सरकार गठनका लागि दाहाल–नेपाल पक्षले कांग्रेसले छलफल सुरु गरिसकेको बताइएको छ ।

Leave a Reply