सुदूरपश्चिममा बुधबार दन्त्य कथा सुन्ने र सुनाउने पर्ब मनाउदै | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८०, आइतबार

सुदूरपश्चिममा बुधबार दन्त्य कथा सुन्ने र सुनाउने पर्ब मनाउदै

काठमाडौ. १५ पुस । बुधबार सुदुर पश्चिममा पन्नरी रात पर्ब मनाईदै छ। एक आपसमा कथा र दन्त्य कथा सुन्ने र सुनाउने पर्वको रुपमा लिइने ‘पुसे १५‘ पर्व आज सुदूरपश्चिममा हर्षोल्लास पूर्वक मनाइँदै छ । पुस १५ गते मनाइने भएकोले यो पर्व लोकसंस्कृतिमा यो पर्व स्थानीय भाषामा ‘पन्नरी रात’ को रुपमा चर्चित रहेको छ । राति जाग्राम बस्ने, (बात) दन्त्य कथा भन्ने र देउडा खेल्ने चलन रहेको छ ।

सुदूरपश्चिमको लोकसंस्कृतिको मौलिक पहिचान बोकेको यो पर्वलाई पुुुस १५ गतेको रात वर्ष भरिकै सबैभन्दा लामो रात भएको विश्वासमा मनाउने गरिन्छ । यो पर्वमा दिनमा भन्दा रातिको समयमा एक ठाउँमा भेला भएर गरिने गतिविधिलाई विशेष महत्वका रुपमा हेर्ने गरिन्छ ।

यो पर्वमा टोल छिमेकको एक घरमा भेला भई आगो तापेर रातभर जाग्रम बस्ने, जाग्रम बसेका बेला तरुल, पिडालु, सखरखण्ड लगायतका कन्दमूलका साथै पाकेको फर्सी उसिनेर खाने, लाउन, बाबर, असिका, माणा, निसौसे, रोटीलगायतका डोटेली खानाका मीठा परिकार पकाइ खाने र वृद्धवृद्धाबाट लोक कथा एवम् दन्त्य कथा सुन्ने सुनाउने प्रचलन रहेको छ ।

पर्व मनाउन एक ठाउँमा भेला हुनेहरुले १५ हात लामो (झन्डै २० फिट लामो) दाउराको मूढोको आगो ताप्नुपर्ने र एक(अपसमा हाँसो(ठट्टा गरी रमाइलो गर्दै रात बिताउनुपर्ने चलन छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);