काठमाडौं, ११ पुष । नागरिक समाजका अगुवाहरुले प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।
शनिबार सहभागिहरुले शंख बजाएर विरोध प्रदर्शन गरेका हुन् । सरकारले संसद विघटन गरेर देशलाई प्रतिगमन तर्फ लगेर संविधान माथिकै आक्रमण गरेको भएको उनीहरुको भनाई छ ।
![](https://i0.wp.com/emountaintv.com/ne/wp-content/uploads/2020/12/birodh-aguwa1.jpg?resize=892%2C488&ssl=1)
नागरिक अगुवाहरुले पुस १८ गतेसम्म एक दिन बिराएर विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको बताएका छन् ।
![](https://i0.wp.com/emountaintv.com/ne/wp-content/uploads/2020/12/birodh-aguwa2.jpg?resize=917%2C501&ssl=1)