काठमाडौं, १० पुष । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ सय ८ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ५७ हजार २ सय पुगेको छ ।
उपत्यकामा २ सय ७९ जनामा संक्रमण
यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ सय ७९ जना संक्रमित फेला परेका छन् । जसमा १ सय १५ महिला र १ सय ६४ पुरुष छन् ।
योसंगै काठमाडौं उपत्यकामा संक्रमितको कुल संख्या १ लाख २० हजार ७ सय ५८ पुगेको छ ।