काठमाडौं, ८ पुष । पछिल्लो २४ घन्टामा ९ सय ५२ संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख ४६ हजार ६ सय ६१ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १८ सय ३ पुगेकाे छ ।