काठमाडौं, ७ पुष । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ सय २२ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको छ ।
उपत्यकामा ३ सय ६५ जनामा संक्रमण
यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ सय ६५ जना संक्रमित फेला परेका छन् । जस्मा १ सय ६० महिला र २ सय ५ पुरुष छन् । योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख १९ हजार ९ सय १७ पुगेको छ