एमाले र माओवादी केन्द्रबीचको चुनावी तालमेल र पार्टी एकता अन्तिम चरणमा | ईमाउण्टेन समाचार

Our Network

फागुन १ २०८२, शनिबार

काठमाडौं, १७ असोज । नेकपा एमाले र माओवादी केन्द्रबीचको चुनावी तालमेल र पार्टी एकताले अन्तिम स्वरुप पाएको छ । वर्तमान सरकारको सत्ता साझेदार नेकपा माओवादी केन्द्र र एमालेबीचको पार्टी एकता र चुनावी तालमेलबारे मंगलबार अपरान्ह ५ बजे राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन गरि जानकारी दिने बताईएको छ ।

ललितपुरस्थित व्यापारी शारदा अधिकारीको निवासमा भएको दुईपार्टीको शिर्ष नेताको बैठकले वाम एकता र चुनावी तालमेलको टुंगो लगाउँदै पत्रकार सम्मेलन गरि विस्तृत जानकारी गराउने निर्णय गरेको माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकले पार्टी एकताका लागि पार्टी संयोजन समिति गठन गर्ने निर्णय पनि गरेको छ ।

शीर्ष तहको बैठकमा एमालेबाट अध्यक्ष केपी ओली, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, वरिष्ठ नेता माधव कुमार नेपाल, महासचिव ईश्वर पोख्रेल सहभागी थिए ।

त्यसैगरी माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, नेता श्रेष्ठ र राम बहादुर थापा वादल सहभागी थिए । केही महिनायता पार्टी एकिकरणको विषय शिर्षस्थ तहमा दुईपक्षीय छलफल हुँदै आएको थियो । सो छलफलले अहिले सार्थकता पाएको हो ।