अर्घाखाँची, १७ असोज । अर्घाखाँचीको सन्धिखर्कमा सोमबार बेलुकादेखि हराएकी एक बालिकाको शव चितुवाले खाएको अवस्थामा फेला परेको छ। सन्धिखर्क नगरपालिका २ कुर बेहोरकी प्रतिक्षा नेपालीलाई सोमबार बेलुकी चितुवाले लगेको थियो।
वालिकाको शव मंगलबार बिहान ८ बजे बेहोरकोे जंगलमा आधा शरीर खाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। पछिल्ला ३ वर्षमा चितुवाको आक्रमणबाट १२ जना बालबालिकाको ज्यान गएको छ ।
वालिका आक्रमण गर्ने चितुवा खोजेर मार्न नेपाली सेना र प्रहरीलाई निर्देशन दिइएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिएका छन्।