सर्वोच्व अदालत बार एशोसिएसनको नयाँ कार्यसमितिका लागि मतदान जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सर्वोच्व अदालत बार एशोसिएसनको नयाँ कार्यसमितिका लागि मतदान जारी

Sarbocha adalat

काठमाडौं, ४ पुष । सर्वोच्व अदालत बार एशोसिएसनको नयाँ कार्यसमितिका लागि मतदान जारी छ ।

प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशी कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अविधक्ता रविनारायण खनाल र वृहत लोकतान्त्रिक समावेशी मधेशी, आदिवासी, जनजाती पेशागत कानुन व्यवासायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले गर्नुभएको छ ।

सर्वोच्च बारमा सदस्य जम्मा ६०५ जना कानुनी व्यवसायीले मतदान गर्दैछन् । बिहान ८ बजेदेखि सुरु भएको मतदान दिउँसो २ बजेसम्म जारी रहनेछ । सर्वोच्च बारका सदस्यमा कोरोना संक्रमण भएको भएमा लाइनमा नबसीकन सिधै मतदान गर्ने व्यवस्था गरिएको छ ।

सर्वोच्च बारले यसपटक मत माग्दै प्रचारप्रसारको सामग्री कागज बाँडने काममा प्रतिवन्ध लगाएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);