युरोपियन युनीयन इयु र बेलायतबीच ब्रेक्जिटपछिको व्यापार सम्झौतामा अझै वार्ता जारी राख्ने सहमति | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

युरोपियन युनीयन इयु र बेलायतबीच ब्रेक्जिटपछिको व्यापार सम्झौतामा अझै वार्ता जारी राख्ने सहमति

एजेन्सी, २९ मंसिर । युरोपियन युनीयन इयु र बेलायतबीच ब्रेक्जिटपछिको व्यापार सम्झौतामा अझै वार्ता जारी राख्ने सहमति भएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन र युरोपेली युनियनकी अध्यक्ष उर्जुला फोन डेर लायनबीच ब्रेक्जिटपछिको व्यापार सम्झौतामा अझै वार्ता जारी राख्ने सहमति भएको हो ।

व्यापार सम्झौताका लागि आइतबारसम्मको समयसीमा भित्र कुनै सहमति हुन नसकेपछि दुवैजनाबीच भएको कुराकानीमा वार्ता जारी राख्ने सहमति भएको हो । यो साताको सुरुमा जोन्सन र फोन डेर लायनबीच समहतिका लागि आइतवारसम्मको समय तय भएको थियो ।

बेलायत युरोपियन युनियन इयुबाट बाहिरिएपछि दुवैपक्षबीच व्यापार सम्झौतामा सहमति गर्न गत मार्च महिनादेखि वार्ता भइरहेको छ । आगामी ३१ डिसेम्बरसम्म सम्झौता हुन नसके दुवैले विश्व व्यापार संगठनका नियमहरू मान्नुपर्नेछ ।

यसैबीच, युरोपेली आयोगले ब्रेक्जिटपछिको व्यापार सम्झौतामा बेलायतसंग सहमति हुन नसकेको अवस्थाका लागि आकस्मिक योजनाहरू सार्वजनिक गरिसकेको छ । ती योजनाहरूमा युके र युरोपेली संघ ईयूबीच हवाई र स्थलमार्गको यातायात सहज बनाउने सुनिश्चितता लगायत माछामार्ने पहुँचको सम्भाव्यता समेटिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);