शोक प्रस्ताव पारित गर्दै नेकपा बैठक स्थगित, अर्को बैठक पुस १ मा बस्ने | ईमाउण्टेन समाचार

Our Network

भदौ ३१ २०८१, सोमबार

शोक प्रस्ताव पारित गर्दै नेकपा बैठक स्थगित, अर्को बैठक पुस १ मा बस्ने

काठमाडौं, २८ मंसिर । नेकपा स्थायी समितिको बैठकमा पार्टीका स्वर्गीय नेता कमानसिंह लामाको निधन प्रति शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ । बैठक अब पुस १ गते बस्ने प्रधानमन्त्रीका प्रेस सल्लहकार सूर्य थापाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्ड दुबै सहभागी भएको थापाले जानकारी दिएका छन् । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले अलग अलग राजनीतिक प्रस्ताव पेश गरेका छन् ।

प्रधानमन्त्री ओलीले प्रचण्डको सो प्रस्ताव आरोप पत्र भएको दावी गर्दै फिर्ता लिन माग गरेका छन् । दुबै पक्ष आ–आफ्नो अडानमा रहेका कारण नेकपा भित्रको संकट गहिरिँदै गएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);