आत्महत्या गर्न लागेका श्रीमानको ज्यान श्रीमतीले जोगाइन | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८२, शनिबार

कञ्चनपुर, १७ असोज । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७ झण्डाबोझका ३५ वर्षका वीरबहादुर चौधरीको ज्यान उनकी श्रीमतीले बचाएकी छन्।

घरायसी विवादका कारण आत्महत्या गर्न रुखमा झुण्डिन गएका चौधरीको ज्यान उनकै श्रीमतीले बचाएकी हुन्। सोमबार रुखमा झुण्डिएका बेला श्रीमतीले थाहा पाई घाँटीमा बाँधेको चुन्नी काटेर उनको ज्यान जोगाएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायब निरीक्षक लालमणि जोशीले बताए।

आत्महत्या गर्न खोज्ने चौधरीको अवस्था गम्भीर रहेको छ। उनको सेती अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको जनाएको छ।