लस भेगास अप्डेट: ५० जनाको मुत्यु, दुई सय भन्दा बढि घाइते | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

काठमडौँ, १६ असोज । अमेरिकाको लस भेगासमा अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तिमा ५० जनाको ज्यान गएको छ भने दुई सयभन्दा बढि घाइते भएका छन्।

घाइते मध्य १४ जनाको अवस्था गम्भिर रहेको जनाइएको छ ।

लस भेगासमा रहेको मान्डेले बे रिजोर्ट एण्ड क्यासिनोको बाहिरी क्षेत्रमा सांगीतिक कार्यक्रम भइरहेको ठाउँमा अन्धाधुन्ध गोली प्रहार भएको हो। होटलको माथिल्लो क्षेत्रबाट आक्रमणकारीले अन्धाधुन्ध गोली चलाएको प्रत्यदर्शीले बताएका छन्। लस भेगास प्रहरीले घटनामा संलग्न एकजना जवाफी कारवाहीमा मारिएको बताएको छ।

एकजनाले मात्रै गोली हानेको प्रहरीले जनाएको छ। घटनामा ज्यान गुमाउनेमा ड्युटी सकायका प्रहरी अधिकारी बढी छन्। ज्यान गुमाउनेको परिचय अहिलेसम्म खुलाइएको छैन। घटनामा घाइते भएकाको स्थानीय अस्पतालमा उपचार भइरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमलाई उल्लेख गर्दै सीएनएनले जनाएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);