परराष्ट्रमन्त्री ज्ञवालीद्वारा ‘नेपालको परराष्ट्र नीति, २०७७’ सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८१, मंगलबार

परराष्ट्रमन्त्री ज्ञवालीद्वारा ‘नेपालको परराष्ट्र नीति, २०७७’ सार्वजनिक

काठमाडौं, २१ मंसिर । सरकारले एकीकृत परराष्ट्र नीति सार्वजनिक गरेको छ । आइतबार परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘नेपालको परराष्ट्र नीति, २०७७’ सार्वजनिक गर्नु भएको हो ।

कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले कोही सत्रुता नभई सबै मित्रता हुने गरी परराष्ट्र नीति अवलम्बन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘यो सरकार आइसकेपछि मन्त्र जस्तै बनायौं । ‘सबैसँग मित्रता कसैसँग छैन शत्रुता’ भन्ने कुरालाई हामीले मन्त्र जस्तै बनायौं ।’

संसारमा राजनीति, शक्ति र व्यवस्थाका हिसाबले भिन्दाभिन्दै प्रणालीहरु रहेको भएपनि नेपालको परराष्ट्र नीति तर्जुमा गर्दा निस्चित विचारधारा र राजनीतिक प्रणालीलाई आधार बनाइएको स्पष्ट पार्नुभयो । कुनैपनि देशसँग नजिकको वा टाढाको भनेर कुटनीतिक व्यवहारमा फरक पार्न नखोजिएको पनि मन्त्री ज्ञवालीले बताउनुभयो । परराष्ट्र नीतिले आर्थिक कूटनीतिलाई प्राथमिकता दिदै जलवायु परिवर्तन, अन्तराष्ट्रिय क्षेत्रीय मञ्चमा नेपालको स्थान लगायतका विषयमा समेत जोड दिएको मन्त्री ज्ञवालीले बताउनुभयो ।

स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिको सञ्जालबाट सावैभौमिक समानता, पारस्परिक लाभ र सम्मानमा आधारित बाह्य सम्बन्ध सुदृढ गर्दै समग्र राष्ट्रिय हितको सम्बर्दन र प्रवद्र्धन गर्ने लक्ष्य परराष्ट्र नीतिले लिएको छ । छिमेकी लगायत सबै मुलुकसँग सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानका आधारमा द्धिपक्षीय सम्बन्ध विस्तार र सुदृढ गरिने पनि परराष्ट्र नीतिमा उल्लेख छ ।

यस्तै अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चमा नेपालको पहिचान र प्रतिनिधित्व अभिवृद्धि गरी राष्ट्रिय हितको प्रवद्र्धन गर्ने विषयलाई समेत समावेस गरिएको छ । विदेशमा पेशा, व्यवसाय र रोजगारीमा संलग्न नेपाली समुदाय र कानूनी व्यक्तिको हितको संरक्षण गर्ने विषय पनि परराष्ट्र नीतिमा समावेस गरिएको मन्त्री ज्ञवालीले बताउनुभयो । उहाँले नेपालले लामो समय देखि अपनाउँदै आएको असंलग्न नीतिलाई निरन्तरता दिने समेत प्रष्ट पार्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);