हुम्लामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु, एक बालकसहित सात जना घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

हुम्लामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु, एक बालकसहित सात जना घाइते

हुम्ला, २० मंसिर । हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुकामा बलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । शुक्रबार राति सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको लु२च २१०२ नम्बरको बलेरो जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी एक महिलासहित चारको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सिमकोट गाउँपालिका–७ का ३० वर्षीय पर्वत सुनार, सोही पालिका वडा नं २ का २९ वर्षीय पारस बोहरा, नाम्खा गाउँपालिका–१ हेप्का गाउँका ४५ वर्षीया दुखी तामाङ र ४८ वर्षीय गुरु तामाङ रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

दुर्घटनामा एक वर्षको बच्चासहित ७ जना घाइते भएका छन् । घाइते हुनेमा सिमकोट–२ ठेहेका जिप चालक सिङ्गम भण्डारी, सिमकोट–६ बस्ने प्युठानका अजय बस्नेत, सिमकोट–८ खोल्सिका कल्पना सिंह, सिमकोट–८ खोल्सिका एक वर्षे बालक मिलन सिंह, सिमकोट–८ खोल्सिका सम्झना शाही, नाम्खा गाउँपालिका–१ का झुमझुम लामा र सिमकोट बजारमा बस्ने बाजुराका कवि सिंह रहेका छन् ।

घाइतेको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको र बच्चासहित पाँचको अवस्था सामान्य भएको जिल्ला अस्पतालले जानकारी दिएको छ ।

Leave a Reply