माउन्टेन संवाददाता खगेन्द्र घिमिरेमाथि कुटपिट | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८२, आइतबार

माउन्टेन संवाददाता खगेन्द्र घिमिरेमाथि कुटपिट

झापा, १७ मंसिर । माउन्टेन टेलिभिजनका झापा जिल्ला संवाददाता खगेन्द्र घिमिरेमाथि कुटपिट भएको छ । मालपोत कार्यालयमा घुस लेनदेनको भिडियो खिचेको भन्दै घिमिरेमाथि कार्यालय परिसरभित्रै कुटपिट भएको हो ।

कार्यालयभित्रै घिमिरेमाथि कर्मचारी इन्द्र राजवंशीसहित लेखापढी व्यवसायीले कुटपिट गरेका हुन् । आक्रमणमा उनलाई सामान्य चोट लागेको बताइएको छ । पत्रकार घिमिरेका अनुसार मालपोत कार्यालयमा कर्मचारी राजवंशीलाई सेवाग्राही सुरेश साहले १० हजार घुस दिँदै गरेको भिडियो खिचेको बताए ।

‘घुस दिँदै गरेको भिडियो खिचेको भन्दै मसहित क्यामेरा पर्सन भास्कर श्रेष्ठले बोकेको क्यामेरा खोस्दै आक्रमण गरे,’ पत्रकार घिमिरेले भने, ‘कर्मचारीले घुस लिएपछि त्यस विषयमा कार्यालय प्रमुख तारा ढुंगेलसँग बुझ्न जाँदा उनकै अगाडि कर्मचारीका नाइके राजवंशीको उक्साहटमा लेखापढीहरूले आक्रमण गर्दै अनुहारमा दुई मुक्का प्रहार गर्नुका साथै लछारपछार गरे।’

पत्रकार घिमिरेले आफूमाथि ज्यान मार्ने उद्देश्यले कुटपिट भएको भन्दै इलाका प्रहरी कार्यालय दमकमा किटानी जाहेरी दिएका छन् । 

Leave a Reply