नवलपुर, १४ मंसिर । नवलपुरको मध्यविन्दु नगरपालिका वडा नं १० र ११ मा रहेको अरुखोलामा तस्करी बढेको छ । दिउँसै जेसिवी स्काभेटर प्रयोग गरि ढुङ्गा, गिट्टी बालुवा लगायतका नदिजन्य पदार्थहरु चोरी भएको हो ।
जिल्ला प्रशासन कार्यालयले कुनै हालतमा खोलामा चोरी हुन नदिने र नदिजन्य पदार्थको चोरी निकासीमा कडाई गर्ने जनाए पनि कार्यान्वयन हुन भने सकेको छैन । दिउँसोको समयमा चोरी गर्ने र रातको समयमा लोड गरि अन्यत्र लग्ने गरेको पाईएको छ । दिउँसै अवैध चोरी निकासी हुँदा पनि प्रशासन भने मौन रहेको स्थानीयको आरोप छ ।




