दुर्घटनामा परी साउदी अरबमा नेपालीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८२, बिहीबार

कञ्चनपुर, १६ असोज । साउदी अरेबियामा भएको एक दुर्घटनामा परी एक नेपालीको ज्यान गएको छ। साउदी अरेबियाको माहिल भन्ने स्थानमा सवारी दुर्घटनामा परी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मघरघटैया मुक्त कमैया शिविरका ३५ वर्षीय वीरबहादुर रानाको गत शनिबार बिहान मृत्यु भएको हो।

राना एक वर्ष अघिदेखि साउदी अरेबियामा सवारी चालकका रुपमा काम गर्दै आएका थिए। रानाको निधनको खबरले परिवार पीडामा परेको छ। मृतक रानाको कमाईमा आमा, बुबा, श्रीमती, नाबालक छोरा र दुईजना छोरी आश्रित रहेका थिए।