पाल्पा, ८ मंसिर । पाल्पा जिल्लाको रामपुर नगरपालिका ७ बट्टारमा स्कुटर दुर्घटना भएको छ । आज बिहान रामपुर ७ बट्टार स्थित डम्री गाउँबाट विजयपुर तर्फ जाँदै गरेको लु ५० प ६२१ नं.को स्कुटर अचानक अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा स्कुटर चालक सोही स्थानका २२ वर्षीय जीवन रानाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।