एजेन्सी, ५ मंसिर । सन् २०२२ को आईसीसी महिला टी–ट्वान्टी विश्वकप क्रिकेट एक वर्ष पछि सरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको बोर्ड बैठकले २०२२ को विश्वकप एक वर्ष पछि सार्ने निर्णय गरेको हो ।
दक्षिण अफ्रिकामा आयोजना हुने विश्वकप अब २०२३ को फेब्रुअरी ९ देखि २६ सम्म हुनेछ ।यस अघि महिला विश्वकप २०२२ को अन्तिममा हुने बताईएको थियो ।
सन् २०२० को महिला विश्वकपको उपाधि अष्ट्रेलियाले जितेको थियो । घरेलु भूमिमा भारतलाई हराएर अष्ट्रेलिया च्याम्पियन बनेको थियो ।