युइएफए नेशन्स लिग फुटबलमा बेल्जियमको जित | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

युइएफए नेशन्स लिग फुटबलमा बेल्जियमको जित

एजेन्सी, १ मंसिर । बेल्जियमले युइएफए नेशन्स लिगमा इङल्याण्डलाई पराजित गरेको छ ।

गएराति सम्पन्न खेलमा बेल्जियमले इङल्याण्डलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

बेल्जियमको जितमा योउरी टिएलेम्यान्स र ड्राइज मार्टेन्सले एक एक गोल गरे । योसँगै इङल्याण्डको नेसन्स लिगको फाइनल्सको सम्भावना सकिएको छ ।

इङल्याण्डको ५ खेलमा ७ अंक रहेको छ र अंक तालिकामा तेस्रो स्थानमा पुगेको छ । बेल्जियम भने समुह २ मा ५ खेलमा १२ अंक सहित शिर्ष स्थान रहेको छ ।

अब बेल्जियमले आगामी विहिबार समुह चरणको अन्तिम खेल दोस्रो स्थानमा रहेको डेनमार्कसँग खेल्ने छ भने इङल्याण्डले आइसल्याण्डसँग खेल्ने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);