ललितपुर महानगरको सहकार्यमा एशियन कंक्रिटोद्वारा अपाङ्गमैत्री फुटपाथ निर्माण | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

ललितपुर महानगरको सहकार्यमा एशियन कंक्रिटोद्वारा अपाङ्गमैत्री फुटपाथ निर्माण

काठमाडौं, २८ कार्तिक । एशियन कंक्रिटो प्रा.लीले ललितपुर महानगरपालिकासँगको सहकार्यमा निर्माण गरिएको अपाङ्गमैत्री र वातावरणमैत्री नमुना फुटपाथ निर्माण गरी हस्तान्तरण गरेको छ ।

हरिहर भवनदेखि एमएमबी बैंक सम्मको ९० मिटर फुटपाथ निर्माण गरी आज महानगरपालिकालाई हस्तान्तरण गरेको हो । कम्पनीले आफ्नौ उत्पादन, लागत र प्राविधिक सहयोगमा निमार्ण सम्पन्न गरी हस्तान्तरण गरेको हो ।

हस्तान्तरण कार्यक्रममा बोल्दै ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले एशियन कंक्रिटो कम्पनीले सम्पूर्ण लगानी रहेको फुटपाथमा महानगरपालिकाले कुनै पनि प्रकारका आर्थिक दायित्व बहन नगरेको बताउनुभयो । महानगरपालिकाको अन्य क्षेत्रमा पनि अपाङ्गमैत्री र वातावरणमैत्री फुटपाथ निर्माण गरिने र त्यसका लागि कम्पनीसँग सम्झातौ गरी अगाडी बढ्ने पनि बताउनुभयो । 

कम्पनीका निर्देशक अनिल जेटियाले जुनसुकै निकाय र कम्पनीले पनि सडक निर्माणका क्रममा फुटपाथ निर्माणलाई प्राथमिकता नदिने गरेको बताउनुभयो । वातानुकुलित र सुन्दर फुटपाथ निर्माणका लागि गुणस्तरिय उत्पादन र नयाँ प्रविधि नै रहेको उहाँले बताउनुभयो । 

कम्पनीले १९ लाख ५८ हजार ८७८ रुपैयाँको लगानीमा फुटपाथ निर्माण गरेको हो । आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत फुटपाथ निर्माण गरिएको कम्पनीका प्रवन्ध निर्देशक मनोज केडियिाले बताउनुभयो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);