सिद्धीका चेपाङ्गले खसी बोका बेचेर दशै खर्च जुटाए | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

चितवन, १३ असोज ।  सुगम जिल्ला चितवनको दुर्गम र पिछडिएको क्षेत्रको रुपमा रहेको सिद्धीका चेपाङ्गले खसी बोका बेचेर दशै खर्च जुटाएका छन् ।

नेपालीहरुको ठुलो चाडको रुपमा रहेको विजयादशमीको रौनक सबैको घर घरमा आईरहदा उनीहरु भने खसी बोका बेच्न बजार झर्ने गर्छन् । जागिर र व्यवसाय नभएका चेपाङ्गलाई हरेक बर्ष दशै मनाउन समस्या पर्ने गर्दछ । चेपाङ्ग समुदायको बसोबास रहेको सिद्धी पहाडी क्षेत्र भएकोले खासै खेती हुदैन । पहाडी भेग र खेतीपाती राम्रो नहुने सिद्धीका स्थानीयले दशैको जोहो टार्न आफुले पालेको खसीबोका बिक्री गर्ने गरेका छन् । खसीबोका बिक्री गरेर बजारबाट चामल, तेल किनेर लगि दशै मनाउने उनीहरुले बताए ।

बाख्रापालनलाई नै मुख्य पेसा बनाएका सिद्धीका जनताले खसीबोका बिक्री गर्ने अनि बजार गएर नुन , तेल , चामल किनेर चाडबाड मनाउने गर्छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);