द्वन्द्व व्यवस्थापनका लागि संघीयता मान्दिनु परेकाे हो, देशलाई खाँचो थिएन : पूर्वमन्त्री बाँस्कोटा | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

द्वन्द्व व्यवस्थापनका लागि संघीयता मान्दिनु परेकाे हो, देशलाई खाँचो थिएन : पूर्वमन्त्री बाँस्कोटा

gokulprasad-baskota


काठमाडौं, २२ कार्तिक । पूर्व संचारमन्त्री तथा नेकपाका नेता गोकुल बास्कोटाले मुलुक बाध्यताका कारण संघीयता गएको बताउनु भएको छ ।

सामाजिक संजालमा आफ्नो धारणा राख्दै पूर्व संचार मन्त्री बास्कोटाले द्धन्द्ध व्यवस्थापनको लागि मात्रै संघीयता मानिदिएको बताएपछि मुलकुमा नयाँ बहस थालनी भएको छ ।

सरकारले मुलुकको नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल परिवर्तन गरेर नेपाल मात्रै राखेको विषयमा आफ्नो धारणा राख्दै बास्कोटाले नेपाल मुलकुको नाम र संघीय लोकतान्त्रिक गणतन्त्र राजनीतिक व्यवस्था भएको प्रष्ट पार्नुभएको छ ।

बास्कोटाले लेख्नुभएको छ, ‘सङ्घीय गणतन्त्र राजनीतिक ब्यवस्था अनि नेपाल देशकाे नाम।यस्मा चै के प्रतिगमन भएछ हँ?प्रदेशहरु खारेज भएकाे त छैन।द्वन्द ब्यवस्थापनकाे लागि मान्दिनु परेकाे न हाे देशलाई खाँचाे त थिएन सङ्घीयता।लफडा झिक्न परेपछि हावामै शत्रु ढाल्न तलवार घुमाउने भएछन।कमरेडका दुःख पनि कहिल्यै नसकिने के!’

पूर्वमन्त्री बास्कोटाले देशलाई संघीयता आवश्यक नभएको आशय पनि व्यक्त गर्नुभएको छ । ।

कानुन मन्त्रालयबाट गत असोज २८ गते मुलुकको नाम संघीय लोकतान्त्रिक गणतन्त्रको नेपालको स्थानमा नेपाल मात्रै राख्न परिपत्र गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);