ओलीलाई सचिवालय बैठकका लागि मनाउन नेकपाका बहुमत सदस्य बालुवाटारमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८२, आइतबार

ओलीलाई सचिवालय बैठकका लागि मनाउन नेकपाका बहुमत सदस्य बालुवाटारमा

PM-Nibas-Baluwatar

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई सचिवालय बैठकका लागि मनाउन नेकपाका बहुमत सदस्य बालुवाटार पुगेका छन् । शनिबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी अनौपचारिक बैठकपछि उनीहरु बालुवाटार पुगेको बताइएको छ ।

प्रधानान्त्री ओलीले नेताहरुको पत्र बुझे पनि कुनै प्रतिक्रिया नदिएको बताइएको छ । शुक्रबार पनि पार्टी कार्यालयमा यिनै सचिवालयका बहुमत सदस्यको अनौपचारिक बैठक भएको थियो । त्यहाँ औपचारिक बैठकका लागि अर्का अध्यक्ष ओलीलाई भेटेर सामूहिक आग्रह गर्ने सहमति भएको थियो ।

शुक्रबार र शनिबार पार्टी कार्यालयमा बसेको अनौपचारिक बैठकमा अध्यक्ष ओलीसहित सचिवालय सदस्य ईश्वर पोखरेल, रामबहादुर थापा र महासचिव विष्णु पौडेलको उपस्थिती थिएन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);