एजेन्सी, २१ कार्तिक । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले अर्कोबर्ष राष्ट्रपति पद छोड्ने सक्ने संकेत देखिएको छ ।
सार्बजनिक भएको एउटा मिडिया रिपोर्टमा पुटिनलाई आफ्नो स्वास्थ्यको कारणले राष्ट्रपति छोड्न परिवारबाटै दबाब आइरहेको उल्लेख गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
पुटिनमाथि परिवारको ठुलो प्रभाव रहेको र आगामी जनवरीमा पद छोड्ने योजना सार्बजनिक गर्नसक्ने नि बताइएको छ । पुटिनमा पर्किसंसको लक्षण देखिएको बताउदै हालैका भिडियो विश्लेषण गर्दा त्यो पुष्टि हुने मिडिया रिपोर्टको दावी छ । यस रिपोर्टका बारेमा राष्ट्रपति पुटिनको कार्यालयले कुनै प्रतिक्रिया दिएको छैन ।