काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यको योजना । भोको पेटलाई गुलावको फूल | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यको योजना । भोको पेटलाई गुलावको फूल


काठमाडौं, २० कार्तिक । काठमाडौंको खुलामञ्चमा भइरहेको निःशुल्क भात भान्छाले सिंगो मुलुकलाई गिजाइरहेको छ । यो भात भान्छाले केही गरिबको पेट त भरिएको छ तर मुलुकको राजधानी रहेको काठमाडौं महानगरपालिकाको नेतृत्वमाथि व्यवस्थापकीय असक्षमताको पनि प्रश्न उठाइदिएको छ । राजधानीमा रेल, मनोरेलको सपना बांडेका मेयरले आफ्नो सोच र कार्यशैलीमा बदलाव ल्याउन जरुरी देखिन्छ । त्यसो त काठमाडौं महानगरपालिकाको नेतृत्वलाई सक्षम भन्न सक्ने अवस्था छैन ।

सय दिनमा सय काम, रेल, मनोरेल जस्ता थुप्रै सपनाहरु देखाएर महानगरको नेतृत्वमा उदाएका मेयर विद्यासुन्दर शाक्य जनताको नजरमा सफल देखिंदैनन् । जनताको नजरमा मात्र होइन उनी आफ्नै नजरमा पनि सफल छैनन् । उनकै भनाई अनुसार उनलाई पत्रिका पढ्ने फुर्सद नै छैन । टेलिभिजन हैर्दै हेर्दैनन् । अनलाइन कहिले काहीं हेर्छन । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधि थाहा पाउन उनको लागि सायद आवश्यक छैन ।

वस्तुगत ज्ञानकै अभावका कारण पनि नेपालकै राजधानी काठमाडौंका पिता सामान्य कर्मचारी जस्ता देखिएका छन् । रेल, मनोरलको त कुरै छोडिदिउँ, खुलामञ्चको भात भान्छाकोबारेमा पत्रकार सम्मेलन गर्नुपर्ने रक्षात्मक कार्य पद्धतीले उनलाई कुन स्तरको सफलता प्राप्त हुने हो, यसबारेमा सायद उनी आफैं अनभिज्ञ छन् । खुलामञ्चको दुई चार सयको खानपीन व्यवस्थापन गर्नको निमित्त त्यस्तो के चुनौती आयो, जसले उनलाई ठूलो तामझामको साथ पत्रकार सम्मेलनमार्फत प्रतिरक्षा गर्नु पर्यो ।

संसारमा राजधानीको मेयरलाई भविष्यको राष्ट्रपतिको रुपमा हेर्ने चलन देखिन्छ । तर विचरा, काठमाडौं महानगरका मेयर यस्तो कुरा गर्यो भने आफैं तरंगित हुँदै कहीं विछिप्त हुने त होइनन् ? उनको अवस्था हेर्दा शंका गर्नुपर्ने विषय छ । उनले भने जस्तै राजधानीको खुलामञ्च भात भान्छा हुनु हुँदैन । तर यति कामको लागि सम्बन्धित व्यक्तिलाई बोलाएर सौहार्दपूर्ण रुपमा उपयुक्त विकल्प दिए त भै गो नि ।

कयौं भोकाहरुको अगाडि विकल्प दिन नसक्ने अनि सुन्दरताको परिकल्पना गर्ने, भोको पेटलाई गुलाफको फूल मेयरको कार्यशैली । सम्बन्धित पक्षले पनि राजधानीको मुख्य क्षेत्रलाई खुल्ला खानपीनको क्षेत्र बनाउनु भन्दा पहिले, उपयुक्त विकल्पको व्यवस्थातर्फ सोच्न जरुरत छ । महानगरले उपलव्ध गराएको वैकल्पिक स्थानतर्फ खाना खाने समूहलाई आमन्त्रण गर्दै आफ्नो अभियान सफल गराउनेतर्फ सोच्नुपर्छ ।

स्वच्छ र सफा मनले गरेको समाज सेवा हो भने, राजनीतिक पात्रको राजनीतिक स्वार्थ धमिलिनु भन्दा उपयुक्त निकासतर्फ आफूलाई पवित्र काममा समाहित गर्न सक्नुपर्छ । माछा मारेर खान दिनेभन्दा माछा मार्न सिकाउनु ठूलो भनिए जस्तै संधैभरि खाना खुवाएर गरिबलाई अकर्मित बनाउंदै लैजाने ? वा काम गर्नेतर्फ अभिप्रेरित गर्दै आफ्नै खुटृामा उभिने बनाउने । सेवा गर्छु भन्नेहरुले सोच्नु जरुरी छ । सरकारलाई गाली गर्दै शुरु गरिएको निःशुल्क खाना अभियानले कहीं गरिबीलाई तमासा नबनाओस । गरिबको स्वाभिमानमा ठेस नपु¥याओस ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);