झापा, १९ कार्तिक । झापाको मेचीनगर नगरपालिका–७ बाट ठुलो परिणाममा अबैध समान बरामद भएको छ । ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छलिगरी ल्याउँदै गरेको अबस्थामा सामान बरामद गरेको प्रहरीले जनाएको छ ।
करिव ७ लाख २१ हजार ७ सय मुल्य बराबरको सामानहरु बरामद गरेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको । बरामद गरिएका सामानमा कुर्थी, कुर्थी सेट, तन्ना, ढाकाको थान प्रिन्ट कपडा, थान कपडा, टेम्पोको क्लोज तार, विभिन्न मोटर पार्टस छन् ।
अबैध रुपमा बरामद भएको समान आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाईएको इप्रका काँकडभिट्टाले जनाएको छ ।